प्रतिनिधि सभा अन्तरगतको विकास तथा प्रविधि समितिले मेलम्चीको खानेपानी अस्थाइ रुपमा काठमाडौ उपत्यकामा पठाउने कार्ययोजना कार्यान्वयन गर्न सरकारलाई निर्दशन दिएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले काठमाडौंका विभिन्न स्थानमा खानेपानीको समस्या देखिएकाले समयमै मेलम्चीको पानी उपत्यकामा पठाउने कार्ययोजना तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको हो । समिति सभापति कल्याणी कुमारी खड्काले विभिन्न स्थानमा खानेपानी आयोजनामा तेस्रो पक्षले पु¥याउने गरेको क्षतिलाई अध्ययन गर्दै क्षतिपूर्ति असुल गर्न निर्देशन समेत दिए । उनले देशका विभिन्न भागमा पानीका मुहान सुक्नुका कारणहरुबारे अध्ययन गरेर पानीका मुहान संरक्षण कार्यमा लाग्न आह्वान समेत गरे ।
सांसद गजेन्द्र महतले मेलम्चीको पानी र सडकको अवस्था उस्तै भएको बताए । उनले जुम्ला जिल्लामा कार्यालय प्रमुख उपस्थित भएपनि कार्यालयमा नबस्नुको कारण के हो भन्दै प्रश्न गरे । जुम्लामा धौलीगाड खानेपानी योजना कागजमा मात्रै भएको बताउँदै उक्त खानेपानी सञ्चालन नभएको महतले बताए । उनले जहाँ कमिशन आउँछ त्यहाँ मात्रै काम राम्रो हुने गरेको तर्क गरे ।
सांसद रगंमती शाहीले आफ्नो पालिकामा खानेपानीको धारा समेत नबनेको बताउँदै बृहत खानेपानीको योजना बनाउँदा कार्यान्वयन नभएको जानकारी दिए । उनले आफ्नो हुम्ला जिल्लामा कर्मचारी नै जान नमान्ने गरेको तर्क गरे । जनताले खानेपानी मागिरहँदा बृहत खानेपानी देखाउने आफू कसरी जनताकोबीच जाने भन्दै प्रश्न समेत गरे ।
समिति बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले दीर्घकालीन योजना बनाएर मेलम्ची खानेपानी पठान्तरण गर्ने जानकारी दिए । उनले वर्तमान सरकारले चैत्रमसान्त भित्र काठमाडौंमा खानेपानी पु¥याउने लक्ष्य लिएको बताउँदै चैत्रमसान्त भित्र कठिनहरु मोलेर लक्ष्य प्राप्त गर्ने बताए ।
मन्त्री चौधरीले खरिद प्रक्रियामा समस्या भएका कारण समयमै मेलम्चीको पानी आउनेमा शंका भएपनि तोकिएको समयभित्रै काठमाडौंबासीले मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने जानकारी दिए ।