राज्य संरक्षित क्षेत्रको चरम् दुरुपयोग, छानविन गर्ने मन्त्री आलेको दाबी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राज्यको सम्पतिमाथि दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७८ का अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आलेले नारायणहिटी, पशुपति लगायतका क्षेत्र राज्यको सम्पति भएकाले त्यसको दुरुपयोग हुन नदिने बताएका हुन् । उनले नारायणहिटी, पशुपति लगायतका क्षेत्रमा भएको दुरुपयोगको प्रतिवेदन आएपछि थप छानविन हुने जिकिर गरे ।

कार्यक्रममा सहभागीहरुले आजको सन्दर्भमा ‘पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको चर्चा गरेका थिए ।