फेरि सारियो प्रतिनिधिसभा बैठक, सचिवालय बताउँदैन ठोस कारण

पुस २८ गते बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि सारिएको छ । बैठक माघ ३ गतेसम्‍मका लागि सारिएको हो ।

संसद् सचिवालयले आज (सोमबार) एक सूचना प्रकाशन गरी पुस २८ गते दिउँसो १ बजे बस्‍ने बैठक विशेष कारणले गर्दा माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी गराएको छ ।

यसअघि पनि बैठक दुई पटकसम्म सारिएको थियो ।