मन्त्रिपरिषद् बैठक सुरु, यी हुन् मुख्य एजेण्डा

विभिन्न समसामयिक विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, विभिन्न मन्त्रालयको प्रस्ताव तथा आसन्न राष्ट्रियसभा निर्वाचन जस्ता एजेण्डाहरु रहेको बैठक सिंहदरबारमा सुरु भएको हो ।

भारतको गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री देउवालाई भारतबाट निम्तो आएको छ । भ्रमणका एजेण्डाबारे पनि बैठकमा छलफल हुनेछ ।

२६ गते हुने सम्मेलनका लागि देउवा २५ गते भारत जाने तयारी छ ।