नेकपा माओवादीको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ । महाधिवेशन प्रतिनिधिहरुको २५ वटा समूह गठन गरी गरिएको छलफल आज सकिएको हो ।
प्रतिवेदनमाथि छलफल सकिएपछि टोली नेताहरुले पालैसँग छलफलको निष्कर्ष सुनाएका थिए ।
यससँगै माओवादी स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रचण्डको प्रतिवेदनमाथि भनिएको पूरक वा फरक प्रस्तावलाई महाधिवेशनमा वाचन गर्न दिने कि नदिने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
समूहगत छलफल सकिएपछि बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ । सो दिन अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेश गर्ने साथै प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।