समाजमा उल्लेख्य काम गर्ने गुरुङ समूदाय प्रधानमन्त्री देउवाद्वारा सम्मानित

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सबै समुदाय एक भएर नेपालको विकासका लागि अघि बढ्नुपर्ने बताएका छन् ।

तमु ल्होसारका अवसरमा बिहीबार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाली संस्कार र संस्कृतिमा आआफ्नै विशिष्ट पहिचान र विशेषता रहेको भन्दै सबै समुदाय एक भएर नेपालको विकासका लागि अघि बढ्नुपर्ने बताएका हुन् । उनले विशेषगरी गुरुङ समुदायले मनाउने ल्होसार पर्व हाल एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा देशभर मनाइने गरेको उल्लेख गरे । विविधता भित्रको एकता र सामाजिक सदभाव सांस्कृतिक अभ्यासको उदाहरण रहेको भन्दै उनले सदभाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्येको एक ल्होसार पनि भएको जिकिर गरे ।

कार्यक्रममा गुरुङ समूदायमा रहेर समाजमा उल्लेख्य काम गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।