चन्द्रागिरीमा ढकमक्क हिउँ, हेर्नेहरुको भीड(हेर्नुहोस् तस्वीरमा)

काठमाडौं उपत्यका आसपासका पहाडमा बुधबार हिउँ परेको छ ।

पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै चन्द्रगिरी लगायत काठमाडौं उपत्यका आसपासका पहाडहरुमा हिउँ परेको हो । चन्द्रगिरी डाँडामा हिउँ परेपछि बालबालिका, युवायुवतीका साथै विदेशी पर्यटकहरुको घुईंचो लागेको थियो । हिउँ खेल्न चन्द्रागिरी उपत्यकाबासीको उत्कृष्ट गन्तव्य रहँदै आएको छ ।

पश्चिमी वायुका कारण चिसो बढ्दै गएपछि उपत्यकामा पानी परेसँगै चन्द्रागिरीलगायतका डाँडामा हिउँ परेको हो । वर्षा र हिमपातका कारण उपत्यका निकै चिसो बढेको छ ।