रक्षामन्त्री मिनेन्द्र रिजालद्वारा राजीनामा घोषणा

रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा दिने भएका छन् ।

नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवार रहेका रिजालले बिहीबार दिउँसो राजीनामा दिने जानकारी घोषणा गरेका हुन् ।

उनले ट्वीट गर्दै महाधिवेशनमा प्राप्त प्रारम्भिक परिणामलाई दृष्ट्रिगत गर्दै राजीनामा दिएको जानकारी दिएका छन् । त्यस्तै महामन्त्रीको अन्तिम परिणाम आएपछि प्रधानमन्त्रीलाई राजीनामा बुझाउने बताएका छन् ।

उनको ट्वीटमा लेखिएको छ, “नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।”