भारतीय योगगुरु रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण बिहिवार काठमाडौं आएका छन् ।
शुक्रवार काठमाडौंमा हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन स्वामी रामदेव र बालकृष्ण काठमाडौं आएका हुन् ।
काठमाडौंको विमानस्थलमा स्वामी रामदेव र बालकृष्णलाई उनका अनुयायीहरुले स्वागत गरेका थिए । काठमाडौं आएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै योगगुरु रामदेवले भारतपछि पतञ्जलीको मुख्य गन्तव्य भनेको नेपाल भएको र मेडिकल रिसर्च र कलेज पनि विस्तार गर्ने जानकारी दिए । नेपालसँग आफ्नो तीन दशकदेखिको आत्मीय सम्बन्ध रहेको उनले बताए । नेपाललाई पतञ्जलीले नयाँ सौगात दिने उनको भनाइ छ ।
योगगुरु रामदेवले शुक्रवार प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा दुईवटा धार्मिक नेपाली च्यानलको शुभारम्भ गर्ने कार्यक्रम छ ।