नेकपा ९एमाले०को १०औँ महाधिवेशनका निम्ति लाग्ने खर्च पार्टीका सदस्यबाट उठाइने निर्णय भएको छ । यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुन गइरहेको महाधिवेशनका लागि पार्टी सदस्यबाट लेभि उठाउने निर्णय भएको हो ।
महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले एक जना सदस्यबाट रु एक सय उठाउने निर्णय भएको जानकारी दिएका छन् ।
नेकपा ९एमाले०को सदस्य सङ्ख्या सात लाख छ जसबाट रु एक सयको दरले सात करोड उठ्ने अनुमान गरिएको छ । त्यस्तै, महाधिवेशन प्रतिनिधिबाट रु दुई हजार र केन्द्रीय कमिटी सदस्यबाट रु तीन हजार उठाइने भएको छ । लाभका पदमा रहेकाबाट समेत शुल्क उठाइँदै छ । पाण्डेका अनुसार उनीहरुबाट के कति उठाउने भन्ने बारेमा टुङ्गो लागिसकेको छैन । अन्यको लेभि उठाउन सर्कुलर गरी सकिएको उनले जानकारी दिए । महाधिवेशनमा विद्युतीय उपकरणबाट मतदान गरिने छ । मतदानका लागि एक सय वटा विद्युतीय उपकरण राखिने जनाइएको छ ।