कांग्रेस एक्लै लडेर एमालेलाई केन्द्र, प्रदेश र स्थानीय तहबाट हराउँछ: नेता गगन थापा

???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले)ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले सम्भव नभएको बताएका छन् ।

नेपाली कांग्रेस गुण्डुले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले वैशाखमा स्थानीय तहको निर्वाचनबाहेक अरू कुनै निर्वाचन समयअगाडि नहुने बताएका हुन् । नेता थापाले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदमा चुनाव हुँदैछ भने प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त पदमा पनि उपनिर्वाचनको लागि सरकारले तयारी गरेको जानकारी दिए ।

“कांग्रेस पहिला पनि एक्लै चुनाव लडेर ठूलो पार्टी भएको हो र अहिले पनि एक्लै चुनाव लडेर ठूलो पार्टी बन्छ”, उनले भने, “आगामी निर्वाचनमा कांग्रेस एक्लै लडेर पनि एमालेलाई केन्द्र, प्रदेश र स्थानीय तहबाट हराउँछ ।”

नेता थापाले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफूले सरकारले गरेका राम्रा र नराम्रा कामबारे जानकारी लिएको बताउँदै नराम्रा काम नगर्न सरकारलाई आग्रह गरेको जानकारी दिए ।

कार्यक्रममा वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णलाल भँडेलले प्रदेश सरकारले जिम्मेवारीपूर्वक काम गर्ने बताए । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले राजनीति गरेर धन कमाउनेहरुको स्रोत खोज्नुपर्ने बताउँदै मुलुकमा सुशासनको अनुभूति दिलाउनेतर्फ सरकार अग्रसर रहेको उल्लेख गरे ।