नेपालका ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लिड’को मात्रा भेटिएको छ । ‘लिडको विषयबाट बचावटका लागि नवौँ अन्तर्राष्ट्रिय सचेतना सप्ताह–२०२१’ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएओ० को सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले आयोजना गरेको कार्यशाला गोष्ठीमा विज्ञले एक डेसिलिटर रगतमा पाँच माइक्रो ग्रामभन्दा बढी सिसा ९लिड० हुुन नहुनेमा नेपालका बालबालिकाको शरीरमा सो भन्दा बढी पाइएको जानकारी दिएका छन् ।
घर, विद्यालय तथा अस्पतालका भित्ता, फर्निचरमा लगाउने रङमा लिडको मात्रा प्रशस्त हुने भएकाले त्यसले स्वास्थ्य तथा वातावरणमा पार्ने समस्याको निराकरण एवं न्यूनीकरण गर्न जनचेतनाका साथै क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा बोल्दै डब्लुएचओको नेपालस्थित कार्यालयका जनस्वास्थ्य सल्लाहकार डा खुर्सिद अलम हेदरले मुलुकमा नसर्ने रोग बढिरहेको सन्दर्भमा रङमा प्रयोग गरिने लिडलाई ध्यानमा राखी सोको ख्याल गर्न सम्बन्धित निकायलाई अनुरोध गरे ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले लिडले बालबालिकाको शारीरिक तथा मानसिक एवं बौद्धिक विकासमा सिधै असर गर्ने हुँदा यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनका अनुसार लिडले मानिसको मुटु, स्नायु र प्रजनन प्रणालीमा समेत असर गर्दछ । बालबालिकाको शरिरमा लिडको मात्रा धेरै भएमा स्मरण शक्तिमा हस आउने साहले दाबी गरे ।
सो अवसरमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाविज्ञ खगेन्द्र बस्नेतले शरीरमा १० माइक्रोग्रामभन्दा बढी सिसाको मात्रा भेटिएमा उपचारमा लाग्न सुझाव दिए । त्यस्तै, काठमाडौँ मेडिकल कलेज सामुदायिक चिकित्सा विभागका प्रमुख डा सुनिलकुमार जोशीले ब्याट्री तथा रङमा प्रयोग भएका लिडले मानिसको पेट हुँदै टाउको अनि हड्डीमा समेत असर गर्ने बताए ।
मुलुकमा आधुनिकता भित्रिएसँगै बनिरहेका नयाँ भवनमा प्रयोग गरिने रङले आउँदा दिनमा मानिसको शरीरमा असर गर्ने बताइएको छ । सातै प्रदेशबाट ३७ पेन्टस् उद्योगका नमूना सङ्कलन गरी ६२ विभिन्न रङका इनामेलका साथै २१ विभिन्न रङका स्प्रे पेन्टस्का नमूनामा अध्ययन गर्दा ६२ मध्ये ३२ वटाअर्थात् ५२ प्रतिशतमा मात्र तोकिएको पीपीएमभन्दा कम लिड र बाँकी ३० नमूनाअर्थात् ४८ प्रतिशत पेन्टस्मा बढी लिडको मात्रा भेटिएको अनुसन्धानले देखाउँछ ।