एमसीसी खारेजीको माग गर्दै माओवादी समाजवादीले आमसभा गर्ने निर्णय

कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीले एमसीसी सम्झौता खारेजीको माग गर्दै मंसिर ४ गते काठमाडौंमा आमसभा गर्ने भएको छ ।

आज पत्रकार सम्मेलन गर्दै समाजवादीको यही कात्तिक ५ र ६ गते बसेको केन्द्रीय समितिको विस्तारित बैठकले आमसभा गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।

पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी (शुशिल)ले बैठकले ‘वैज्ञानिक समाजवाद स्थापनाको वर्तमान कार्यभार नामक राजनीतिक प्रस्ताव’ व्यापक छलफल गरी परिमार्जन सुझावसहित पारित गरिएको जानकारी दिए । उनले एमसीसी सम्झौता खारेजी अभियानलाई सहयोग गर्न मंसिर ४ गते पार्टीले आयोजना गर्ने आमसभामा सहभागी हुन सबैलाई आग्रह पनि गरे ।

उनले अन्य क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीच संयुक्त मोर्चा निर्माण गर्ने निर्णय गरेको बताए ।