परराष्ट्र मन्त्री डा. नारायण खड्काले त्रियुगा नदीमा पुल निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
गृह जिल्ला उदयपुर पुगेका मन्त्री खड्कालाई चौदण्डीगढी नगरपालिका नेपाली काङ्रेस नगर कमिटीले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री खड्का समक्ष स्थानीय नेता तथा कार्यकर्ताले त्रियुगा नदि लगायतका अन्य खहरे खोला नियन्त्रण गर्न र चौदण्डीगढी नगरपालिकाको वडा नं. ९ र १० लाई जोड्न त्रियुगा नदिमा पक्की पुलको यथासक्य चाडो कार्य सुरु गराउन माग गरेका थिए । मन्त्री खड्काले बेल्टार बजारमा ब्यापार व्यावसायमा कमी आएको भन्दै चौदण्डीगढी नगरपालिकाको वडा नं १ बंसिला बाट खोटाङ जिल्लालाई जोड्न दुधकोशीमा पक्की पुल बनाउने, चौदण्डीगढी नगरपालिकाकै वडा नं १० स्थित देबधारबाट हडिया जोड्ने त्रियुगानदीमा पक्की पुल बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
मन्त्री खड्काले जिल्लाकै चौदण्डीगढी नगरपालिकाको वडा नं ५ मा पर्ने त्रियुगा नदिको शिवाई बेल्ही जोड्ने बिगत १ दशक देखि निर्माणाधीन रहेको पक्की पुल आउदो माघ फाल्गुन सम्ममा निर्माण गराई छोड्ने जानकारी दिए ।