रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग रहेकाले यसलाई आफ्नो भुभाग बनाउने कार्य गर्ने बताउनुभएको छ । बिगतदेखी नै यो बिषयमा स्पस्ट अडान राख्दै आएका रिजालले अब त्यस क्षेत्रमा राज्यको उपस्थिति दरिलो पार्न आफु लागी पर्न बताउनु भयो ।
त्यस्तै वहाँले राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय भएको बताउनुभएको छ ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा मैले पनि काम गरिसकेको हुँदा राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा रहने बताउनुभएको हो ।
उहाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग रहेकाले यसलाई आफ्नो भुभाग बनाउने कार्य गर्ने उहाले बताउनुभयो । त्यस्तै उहाँले कसैले आफुलाई हेपिएको अनुभूति नहुने गरी बाँडफाँड मिलाइएको जानकारी दिनुभयो ।
मन्त्री रिजालले नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च रहेको बताउँदै राष्ट्रिय विपत्तिमा नेपाली सेनाले अग्रभागमा रहेर उच्चकोटीको काम गरेको जानकारी दिनुभयो ।
Community सत्तामा गए तर अरुले जस्तो बोली फेरेनन्