प्रतिनिधिसभाको अधिवेशन नवौं अधिवेशन सुरु भएको छ । अधिवेशनको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्र पढेर सुरु गरेका थिए । बैठकको सुरुमै एमाले सांसदहरूले नाराबाजी गरेका गरे । बैठक बसेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सृजना गरेको छ । सभामुख सापकोटाले बैठक सुरु भएको घोषणा गर्दैगर्दा एमालेका सांसदहरू उठेर विरोध जनाए ।
तत् पश्चात सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई बोल्न दिए । प्रमुख सचेतक भट्टराईले सभामुख सापकोटाको व्यहारप्रति आशंका व्यक्त गरे । एमाले फुटाउन सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै उनले यसबारे जवाफ मागेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटा बोल्दाबोल्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गरिसकेका थिए । एमाले सांसदहरूले नाराबाजी थालेपछि
प्रतिनिधिसभाको नवौं अधिवेशनअन्तर्गत पहिलो बैठक १५ मिनटका लागि स्थगित भएको छ ।
एमाले सांसदहरू नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । एमाले सांसदहरले नाराबाजी गरिरहँदा सभामुख अग्नी प्रसाद सापकोटा आक्रोसित मुद्रामा देखिन्थे ।