एनआरएनए १० औं महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन (नामावलीसहित)

भदौ २३ काठमाण्डौ

गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशनमा भाग लिने प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन भएको छ । संघले १० औ महाधिवेशनमा भाग लिने प्रतिनिधिको प्रारम्भिक नामावली वेभसाईट मार्फत सार्वजनिक गरेको छ । पहिलो चरणमा नाम प्रकाशित भएका मध्ये आवश्यक कागजात र विवरण छुटेका प्रतिनिधिहरुले सेप्टेम्बर १२ तारिखसम्म अपडेट गरिसक्नुपर्ने संघले जनाएको छ । पहिलो चरणमा ६५, २५ र १० प्रतिशतबाट छनोट भएर आएका प्रतिनिधिको नामावली सार्वजनिक गरिएको हो ।

नामावलीमा सहमति जुट्न नसकेको यूके, अष्ट्रेलिया, अमेरिका र जापानको हकमा २५ प्रतिशतको विषयमा भने विधानमा व्यख्या भएअनुसार गठित समितिले अन्तिम निर्णय गरेपछि मात्र नामावली सार्वजनिक गरिने संघले जनाएको छ ।

मतदाता नामावली प्रकाशन भएपछि निर्वाचनको मिति केहि दिनमा घोषणा गर्ने तयारी निर्वाचन समितिले गरेको छ । संघको महाधिवेशनमा विश्वभरिका ६४ देशबाट ३६ सय भन्दा बढी प्रतिनिधि सहभागि हुने भएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोबरमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचन सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको छ ।

प्रथम चरणको नामावली संघको वेवसाइट www.nrna.org को लिंक https://nrna.org/10thgc/ मा प्रकाशित गरिएको छ।

यही आउने १२ सेप्टेम्बर २०२१ नेपाली समय बेलुका ५ बजे भित्र तल अनुसारको विवरण सचिवालयमा पठाउन हुन राष्ट्रिय समन्वय परिषद र पञ्जिकृत सदस्यहरुलाई अनुरोध गरिन्छ । तलका विवरण समय अबधी भित्र प्राप्त हुन नसके महाधिवेशन अन्तर्गतको मतदान सहितको निर्वाचनमा भागलिने आधिकारीता प्राप्त नहुने समेत निर्देशन अनुसार जानकारी गराउंदछौ ।
सचिवालयले प्रकाशित गरेको सूचिमा उल्लेख भए अनुसार सम्बन्धित देशमा बसोबास गरेको प्रमाणित हुने र गैरआवासीय नेपालीको हैसियत खुल्ले कागजात छैन भने प्रतिनिधि स्वयंम वा एनसिसिले contact@nrna.org मा पठाउने ।
सचिवलायले प्रकाशित गरेको प्रतिनिधिको सूचिमा सेल्फी पठाउन छुटेका भनि उल्लेख भएका प्रतिनिधिहरुले स्मार्ट एनआरएनए Apps मार्फत सेल्फी लिने।

पंजिकृत सदस्यता शुल्क बुझाउन बाँकी रहेका एनसिसिहरुले १२ सेप्टेम्बर २०२१ भित्र तलको खातामा पंजिकृत सदस्यता शुल्क जम्मा गर्ने ।

Account No : 024010010000526
Beneficiary : NRNA
Bank : Sanima Bank Limited
Branch : Teku, Kathmandu
Swift : SNMANPKA

प्रतिनिधि माथीको दाबाबिरोध निम्न अनुसारको विवरण खुलाएर दिन सकिने छ:
– कसको लागि दाबा बिरोध गरिएको हो (नाम, राष्ट्रिय समन्वय परिषद् र सदस्यता न सहित),
– के कारणले दाबा बिरोध गरिएको हो उल्लेख गर्ने ।
– कसले दाबा बिरोध गरेको हो (नाम, राष्ट्रिय समन्वय परिषद् सदस्यता नं, ईमेल, फोन न सहित) । आबश्यक पर्यो भने सचिवालयले सम्पर्क गर्ने छ ।
– एमआईएस प्रणालीमा माथि उल्लेखित मिति र समय सम्म आएका सदस्यहरुको विवरण आधारमा प्रतिनिधीको साख्या तोकिने छ ।
– एनसिसि अमेरिका र अष्ट्रेलियाका पंजिकृत सदस्यहरुको विवरण सहित डेलिगेष्टसहरुको माथी उल्ल्लेख गरेको विवरण र तोकिएको मिति सम्म सचिवालयमा पठाउनु पर्ने र प्रतिनिधिहरुले एमआईएस प्रणालीबाट सम्बन्धित देशमा बसोबास गरेको प्रमाणित हुने र गैरआवासीय नेपालीको हैसियत खुल्ने कागजाउने बुझाउने ।

गैरआवासीय नेपाली संघ
सचिवालय
मितिः ७ सेप्टेम्बर २०२१

https://nrna.org/?fbclid=IwAR0Emvl31oXvSsB5R5OJj8ceHT45-sYu1boUVj8knFO1o2-B7xgxkkjhypc