भदौ २२
गैर आवासिय नेपाली संघमा केन्द्रीय सदस्य देखी विभिन्न पदमा रहेर संघको उन्नती प्रगतिका लागि काम गर्दै आएका अरुण कुमार श्रेष्ठले जापानबाट कोषध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।
जापानमा रहेर विभिन्न पेशा व्यवसाय सहित सामाजिक कार्यमा संलग्न रहँदै आएका श्रेष्ठले संघमा आर्थिक सुशासन स्थापित गर्ने एजेण्डाका साथ कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएका हुन ।
अन्तराष्ट्रिय स्तरमा ३५ वर्षको कार्य अनुभव संगालेका श्रेष्ठले सन् २००३ देखी एनआरएनए जापानबाट संघको यात्रा थालनी गरेका हुन ।
संघसंगै श्रेष्ठले लायन्स क्लव अफ काठमाणडौंको संस्थापक अध्यक्ष, पिस वेभ नेपाल गैर सरकारी संस्था संस्थापक अध्यक्ष, चितवन समाज जापानको संस्थापक सल्लाहकार र लायन्स ब्लड बैंक एम्बेसडर जापान तथा कोरिया लायन्स क्लब अफ नेपाल लगाएतका संस्थामा रहेर सामाजिक कार्यमा समेत गर्दै आएका छन् । श्रेष्ठले नेपालमा विभिन्न क्षेत्रमा लगानी गरेका छन् भने आयत निर्यातलाई समेत जोड दिँदै आएका छन् ।
जपानमा नेपाली उत्पादन र परिकारलाई चिनाउन र स्थापित गराउन सफल श्रेष्ठले कृषि तथा पेय पदार्थको सुरुवातकर्ताका रुपमा समेत कार्य गर्दै आएका छन् ।
गैर आवासिय नेपाली संघको आसन्न १० औं महाधिवेशनमा विभिन्न पदका लागि उम्मेद्वारी घोषण गर्ने क्रम सुरु भएको छ । यसै अनुरुप पदाधिकारी र अन्य पदमा समेत विभिन्न देशबाट उम्मेद्वारी घोषणा गरिरहेका छन् । यस अघि पनि कोषध्यक्ष पदका उम्मेद्वार रहेका श्रेष्ठले संघमा सुशासन स्थापित गर्दै विधि र पद्धतीमा आधारीत रहेर संघ सञ्चालनमा प्रतिवद्ध भएर लाग्ने घोषणा समेत गरेका छन् ।