आइसीसी महिला संयोजकमा संगीता मरहठ्ठाको उम्मेदवारी

रेडियो सगरमाथाबाट सुरु भएको यात्रा विविसी हुँदै विश्भरका नेपाली सामु सेवा, साथ सहयोग र हौसला प्रदान गर्दै संगीता मरहठ्ठा।

भदौ, २० 

एनआरएनएको १० औ महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि विभिन्न देशमा रहेका गैर आवासिय नेपालीहरुले विभिन्न पदका लागि उम्म्द्वारी घोषणा गर्ने क्रम सुरु भएको छ ।
लामो समससम्म लण्डनमा रहेर संघमा महिलाहरुको उपस्थिती र आवाजलाई बलियो बनाउन भूमिका खेलेकी संगीता मरहठ्ठाले यस पटक एनआरएनए आअसीसी महिला संयोजकमा संगीता मरहठ्ठाको उम्मेदवारी को महिला संयोजकमा उम्मेद्वारी घोषाणा गरेकी छन् ।
२१ वर्ष अघि कामको सिलसिलामा बेलायत पुगेकी मरहठ्ठा सन् २०११ देखी गैर आवासिय नेपाली संघको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेकी छन् ।
रुपान्तरण र समृद्धिलाई संगसंगै अगाडि बढाउने विषयलाई आफ्ना प्रमुख एजेण्डा बनाएकी मरहठ्ठा रुपान्तरणको लागि प्रविधि पारदर्शिता र समावेशी एकता, समृद्धिको लागि ज्ञान, सीप र लगानीको प्रतिवद्धतालाई जोड दिएकी छन् ।

 

को ? हुन महिला संयोजक उम्मेद्वार मरहठ्ठा

बिबिसी नेपाली सेवा, लन्डनमा लामो समय काम गरिसकेकी संगीता मरहठ्ठा उच्च शिक्षाका सिलसिलामा २१ बर्षअघि बेलायत आएकी हुन् । पेशाले पत्रकार उनले दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो — रेडियो सगरमाथाबाट रेडियो पत्रकारिताको शुरुवात गरेकी हुन् । यसअघि उनी छापा पत्रकारितामा संलग्न थिईन् ।
बेलायतको थमसन फाउन्डेशनमा उच्च शिक्षा छात्रवृत्ति अन्तर्गत प्रसारण पत्रकारितामा डिप्लोमा गरेकी मरहठ्ठाले बेलायतकै प्रतिष्ठित वेष्टमिनिष्टर विश्वविद्यालयबाट पत्रकारितामा मास्टर्स गरेकी छिन् । उनले नेपालमा त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा अंग्रेजी साहित्यमा स्नातक गरेकी छन् ।

लण्डनमा एक सफल व्यवसायीको रुपमा स्थापित मरहठ्ठाले आफ्नो लेखनलाई पनि निरन्तरता दिईरहेकी छन् । अहिले पनि नियमित रुपमा राष्ट्रिय मिडियाहरुमा आफ्ना लेखहरु छपाउंदै आएकी छन् । उनी सेतोपाटी डट कमको कोलमिष्ट समेत हुन् ।

गैरआवासीय नेपाली अभियानमा शुरुदेखि नैं संलग्न रहंदै आएकी मरहठ्ठा सन् २०११ मा एनआरएनए युकेको कार्यकारी सदस्य तथा महिला संयोजकको भूमिकाबाट औपचारिक रुपमा संघमा आबद्ध भएकी हुन् । एनआरएनए युकेको महिला संयोजक हुँदा उनले एनआरएनए युकेमा पहिलोपटक नारी दिवस मनाउने परम्पराको शुरुवात गराएकी थिईन् जसका बारेमा एनआरएनए बेलायतका अग्रज तथा सिंगो बेलायती नेपाली समुदाय परिचित रहेको छ ।

सो अभियान पछि बेलायतस्थित अरु नेपाली संघ संस्थाहरुमा महिलाहरुको सहभागीता र नारी दिवस मनाउने प्रचलन शुरु भएको थियो ।
गैर आवासीय नेपाली संघ युकेले सोही कार्यकालमा महिला दिवस कार्यक्रम मार्फत जुम्लाको मितेरी बर्थिड्ढ सेन्टर स्थापना गर्न आर्थिक सहयोग गरेको थियो ।

सो अवधिमा उनले एनआरएनए युके महिला फोरमको प्रतिनिधित्व गर्दै हल्यान्ड, स्वीजरल्यान्ड र अष्ट्रेलियाको भ्रमण गरेकी थिइन् ।

सन् २०१३ देखि २०१५ कार्यकालमा एनआरएनए युकेको सचिवजस्तो महत्वपूर्ण भूमिकामा निर्वाचित उनले सो कार्यकालमा पनि नारी दिवस कार्यक्रम, काउन्सिल बैठक, च्यारिटि डिनर लगायतका कार्यक्रमको संयोजन गरी त्यसलाई सफल रुपमा सम्पन्न गरेकी थिइन् । एनआरएनए युकेको इतिहासमा पहिलोपटक ”एनआरएन पत्र” नामक न्युजलेटरको शुरुवात पनि उनकै संयोजनमा भएको थियो ।

सो कार्यकालमा उनले युरोप क्षेत्रीय बैठकहरुका लागि स्पेन र डेनमार्कको भ्रमण गरिन् । यसैगरी उनी सन् २०१४ मा जापानमा भएको सम्मेलनमा बेलायतबाट प्रतिनिधित्व गर्ने एकमात्र महिला थिईन् । यसका अलावा एनआरएनए युकेको कार्यक्रम तथा योजना तय गर्ने र त्यसमा सक्रिय भूमिका निर्वाह गर्नेमा सचिवका रुपमा उनको कार्यकाल सफल रहेको थियो ।

सन् २०१५ देखि २०१७ को कार्यकालमा आइसिसि सदस्य रहेकी मरहट्टा एनआरएनए आइसिसिको मिडिया उपसंयोजकका रुपमा चुनिएकी थिईन् । सो कार्यकालमा एनआरएनए सम्बन्धि समाचारहरु लेखन तथा सम्पादन लगायत मिडियाकर्मीहरुसंग सम्बन्ध बिस्तारमा उनको भुमिका रह्यो । आफ्नो कार्यकालमा भएका प्राय अधिकांश क्षेत्रीय सम्मेलन र विश्व सम्मेलन सन्चालन तथा समापनमा मरहठ्ठाको सहभागीता रहंदै आएको छ ।
हाल २०१७ देखि २०१९ मा मरहट्टा युरोप क्षेत्रीय उपसंयोजक छन् ।

लक्जेम्बर्ग तथा इटालीमा क्षेत्रीय महिला भेलाहरु सम्पन्न गर्नुका साथै उनले आफ्नो कार्यकालमा बेल्जियम, फ्रान्स, अष्ट्रिया लगायतका युरोपेली देशहरुमा पुगी महिला फोरमको सशक्तिकरण, युरोपमा महिलाहरुले भोग्नु परेका भाषा लगायतका समस्याहरुमा जोड दिंदै त्यसलाई प्राथमिकताका साथ अगाडि बढाउनु पर्ने माग गर्दै आएकी छन् ।