न्युयोर्क, अमेरिका
ए.एन.ए. अमेरिकाका अध्यक्ष विजयराज भट्टराईले अमेरिकामा पछिल्ला दिनमा आएको वर्ष र बाढीका कारण एकै परिवारका ३ जना नेपाली सहित ६० जना भन्दा बढिले ज्यान गुमाएको प्रति दुख प्रकट गर्नुभएको छ ।
भट्टराईले विज्ञाप्ति निकालेर अमेरिकाको विभिन्न राज्यमा परेको वर्ष र बाढिका कारण ज्यान गउमाउने प्रति श्रदाञ्जली व्यक्त गर्दै विस्तापितहरुलाई सुरक्षित स्थानमा रहनका लागि अनुरोध गर्नुभएको छ । साथै उँहाले विस्थापित भएर आफन्त साथीभाई नभए र सहयोग नपाउने अवस्था भए आफुहरुलाई सम्पर्क गर्न समेत अनुरोध गर्नुभएको छ ।
उँहाले न्यूयोर्कमा आएको भिषण बाढी र वर्षातको कारण नेपालको सोलुखुम्बु घर भई न्युयोर्क बस्ने आङ गेलु शेर्पा, उहाँकी श्रीमती मिङ्मा यङ्जी शेर्पा लामा र उहाँहरुका १९ महिने छोरा लोप्साङ लामाको निधन भएको खबरले सम्पूर्ण नेपाली समुदायलाई मर्माहत बनाएको विज्ञाीपतमा उल्लेख गर्नुभएको छ।
दुखद् परिस्थितिमा ज्यान गुमाउनेहरुप्रती भावपूर्ण श्रद्धांजली ब्यक्त गर्दै शोकाकुल परिवारजनमा धैर्य धारणा गर्ने शक्ति ईश्वरले प्रदान गरुन भनी प्रार्थना गर्दछु भट्टराईले जारी गरेको विज्ञाप्तिमा उल्लेख छ । अहिले अमेरिकाको विभिन्न राज्यको अवस्था कठीन परिस्थितिमा अगाडि बढिरहेको भन्दै उँहाले पिडीत परिवारको सहयोगको लागि सम्पूर्ण अमेरिकाबासी नेपालीहरुसंग अनुरोध समेत गर्नुभएको छ । भट्टराईले अहिले सरकारले निर्माण गरेका सेल्टरहरुमा गएर सुरक्षित रहन समेत सम्पूर्ण नेपाली समुदायमा अनुरोध गर्नुभएको छ ।
उँहाले जारी गरेको विज्ञाप्तिमा यदि कोही समस्यामा हुनुहुन्छ र अन्य सहयोग गर्न सक्ने नेपालीहरुसंग परिचित हुनुहुन्न भने हामीलाई सम्पर्क गर्नुहोस भन्ने उल्लेख छ ।
अहिले अमेरिकाको न्युयोर्क, न्युजर्सी र लुजियाना लगायतका राज्यहरुमा पूर्व तयारी बिनाको भारी वर्षा, आंधीबेरी, तथा बाढी जस्ता दैवी प्रकोपमा परेको छ।