काठमाडौं, १७ भदौ
नेपाल भारतबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । नेपालको दशरथ रंगशाला भएको खेलमा पहिलो हाफमा नेपालले एक गोल गर्दै अग्रता लिएको थियो । नेपालका अन्जन बिष्टको सुरुवाती गोलसँगै भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले अग्रता बनाएको थियो ।
दोस्रो हाफको ६१ औं मिनेटमा अनिरुद्ध थापाले भारतका लागि गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । नेपालका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बूले पन्च गरेको बललाई गोल लाइनबाट अनिरुद्धले जाली चुमाएका हुन् ।