अफगानिस्तानमा अमेरिकी शैनिकको २० वर्षै वसाई सकियो, अब कुटनीतिक उपस्थिती

काठमाडौं, १५ भदौ

सन् २००१ मा अफगानिस्तानमा प्रवेश गरेको अमेरिकी सेना औपचारीक रुपमा २० वर्ष पछि फर्किएको छ ।
यसबीचमा विभिन्न गतिविधी मार्फत चर्चा र विवादमा तानिउको अमिेरिकी सेना औपचारीक रुपमा २० वषै पछि स्वदेश फर्कीएको विविसीले समाचार लेखेको छ । विहिवार मध्य राती अमेरीकी सेनाले अफगानीस्तान छाड्ने निर्णय गरेका थियो । अमेरिकी सैन्य विमानले काबुल विमानस्थलबाट शैनिक सहितका दूतवासका अधिकारीहरुलाई लिएर अफगानिस्तान छाडेसँगै रक्षा मन्त्रालय, पेन्टागनले अफगानिस्तानमा अमेरिकाको २० वर्षे युद्ध आधिकारिक रुपमा अन्त्य भएको घोषणा गरेको छ ।

अफगानिस्तानमा सत्ता कब्जामा लिएको तालिवानले देश छोड्न अमेरिकालाई ३१ अगस्ट अर्थात आजसम्मको समय दिएको थियो । अमेरिकी सेनाले समयसीमाको एक दिन अघि नै काबुल छोडेको विविसीले लेखेको समाचारमा उल्लेख छ । अमेरिकी सैनिकको अन्तिम विमान सोमबार राति काबुलबाट उडेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा सैन्य अभियान अन्त्य भएको घोषणा गरेका छन् । उनले वक्तव्य जारी गर्दै तालिवानले काबुल नियन्त्रणमा लिएपछिको १७ दिन अमेरिकी सेनाले अमेरिकी इतिहासकै सबैभन्दा जोखिम अभियानलाई सफलतापूर्वक सम्पन्न गरेको बताए ।

उनले शैन्य उपस्थिती अन्त्य भएपनि अफगानिस्तानमा अमेरीकी कुटनीतिक उपस्थिती भने जारी रहने बतएका छन् ।

अमेरिकी सेनाले काबुल छोडेसँगै तालिवानी लडाकुले विमानस्थलभित्र प्रवेश गरेर जितको खुसियाली मनाएका छन् । युएस सेन्ट्रल कमाण्डका कमाण्डर जनरल केनेथ मेकेन्जीले पछिल्लो १७ दिनमा अमेरिकाले ६ हजार अमेरिकी नागरिकसहित काबुलबाट ७९ हजार मानिसको उद्धार गरेको बताएका छन् ।