प्रधानमन्त्रीसँग श्रीलङ्काली विदेशमन्त्रीको भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र४ दिने नेपाल भ्रमणमा रहनुभएका श्रीलङ्काका विदेशमन्त्री अली साब्रीबीच भेटवार्ता भएको छ। आज बिहान भएको भेटमा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बिहीबार राति प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काका विदेशमन्त्री साब्रीबीच भेटवार्ता भएको हो। यसअघि बिहीबारै श्रीलङ्काका विदेशमन्त्री साब्रीले परराष्ट्रमन्त्री एनपी साउसँग भेट गर्नुभएको थियो।

भेटमा दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि हवाई सम्पर्कमा वृद्धि, संस्कृति, पर्यटन र शिक्षा आदानप्रदानमा केन्द्रित रहेको बताइएको छ।

श्रीलङ्काका विदेशमन्त्री साब्री बुधबार चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउनुभएको थियो। नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री नेपाल आउनुभएको हो।