काठमाडौं।नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन्। अध्यागमन र विभिन्न एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न रहेका यात्रुसेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन्।
पोखरेल र यादव नक्कली कागजातका आधारमा कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा गत मंसिर १९ गते पक्राउ परेका थिए ।
प्रहरीले मंगलबार पोखरेल र यादव पक्राउको जानकारी गराएपछि उनीहरुलाई निलम्बनको पत्र काटिएको निगमका मानव संसाधन विभागका प्रमुख अशोक सिग्देलले जानकारी दिनुभयो ।