एनसेल प्रकरणमा शंका छ, अनुसन्धान चल्दै छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक रहेको बताउनुभएको छ। आज सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले एनसेलको वैदेशिक लगानी शेयर खरिद–बिक्री, कर राजस्व, विदेशी मुद्रा सटहीसमेतको विषयमा प्रमाण तथा कागजात सङ्कलन भइरहेको बताउनुभयो।

उहाँले अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्रतिवेदन प्राप्त भएपछि त्यसको आधारमा आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले एनसेल प्रकरणमा कतै, कसैबाट कानुन विपरीतका काम कारबाही भएको पाए कानुनबमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

प्रधानमन्त्रीले एनसेलको शेयर खरिद–बिक्री सहज नलागेकै कारण सरकारले अध्ययन समिति बनाएको स्पष्ट पार्नुभयो।