कतारबाट सार्वजनिक गरियो साहित्यिक कृति ’अरब’ र ’घाउ’

काठमाडौं। कतारको नाज्मास्थित गोरखा रेष्टुरेण्टको सभा हलमा आयोजित अनेसास नवोदितको १४१ औ वाचन डबली कार्यक्रममा दुई साहित्यिक कृतिहरू साहित्यकार प्रेम प्रसाद भटृराईको “अरब” र साहित्यकार विनोद खड्काको “घाउ” सार्वजनिक भएका छन्। यसअघि यी दुवै कृतिहरूको काठमाण्डौमा दुई छुटृाछुटृै कार्यक्रमहरूमा विमोचन भएको थियो ।

यी दुई कृतिहरूलाई डबलीका विशिष्ट श्रोता रघु शर्मा, पूर्व विशिष्ट श्रोताहरू रमजान अलि मियाँ, पवित्रा खड्का, तेज कटुवाल, चानक पोखरेल, पदम गिरी, अनेसासका अध्यक्ष लेख कार्की, अनेसासकै पूर्व अध्यक्षहरू सीताराम थापा, श्यामराज रानाभाट, मणि पौडेल, नवोदित कतारका का वा अध्यक्ष सानु थपलिया, नवोदितकै पूर्व अध्यक्षहरू चक्र कार्की, दिलीप पराजुली, समाजसेवी राजेन्द्र ढुङ्गाना र वेद प्रसाद भटृराईले सयुक्त रूपमा सार्वजनिक गर्नु भएको थियो ।

समयमा सुरु भएर समयमै सकिने भनेर प्रसिद्ध अनेसास नवोदितको नियमित डबलीमा कतारका विभिन्न साहित्यकारहरूले आआफ्ना गजल तथा कविताहरू वाचन गरेका थिए। सावर्जनिक भएको कृति “अरब”का बारेमा अनेसास कतारका पूर्व अध्यक्ष सीताराम थापाले समीक्षा गरेका थिए।गीतिकाव्य “अरब”को प्रकाशन साझा प्रकाशनले गरेको हो। यस कृतिमा ६४ पृष्ठ रहेका छन्। यस कृतिका स्रष्टा प्रेम प्रसाद भटृराईको जन्म खोटाङमा भएको हो र उनी भक्तपुरमा स्थायी बसोबास गर्दै हाल कतारमा कार्यरत छन्। उनको यो पाँचौँ साहित्यिक कृति हो ।

अर्को सार्वजनिक भएको कृति “घाउ” नियात्रा सङ्ग्रहमाथि अनेसासका अर्का पूर्व अध्यक्ष प्रेम प्रसाद भटृराईले समीक्षा गरेका थिए। नियात्रा सङ्ग्रह “घाउ” को प्रकाशन काठमाण्डौस्थित शब्दार्थ प्रकाशनले गरेको हो। यस कृतिमा ३० नियात्राहरू ३३२ पृष्ठहरूमा संग्रहित भएका छन्। यस कृतिका स्रष्टा विनोद खड्का चाँगुनारायण नगरपालिका वडा नं १,भक्तपुरका स्थायी बासिन्दा हुन र हाल उनी कतारमा कार्यरत छन्। उनको यो तेस्रो साहित्यिक कृति हो। आफ्नो कृतिका बारेमा बोल्दै खड्काले जानकारी दिएकी यो कृति नियात्राकार स्वयंले भियतनाम र कम्बोडियाको ती ठाउँहरूमा लगेर सार्वजनिक गरे जहाँका बारेमा यसभित्र लेखिएका छन्।

डबलीका पूर्व विशिष्ट श्रोता चानक पोखरेल र समाजसेवी वसन्त ढकालले साहित्यकारहरू विनोद खड्का र प्रेम प्रसाद भटृराईलाई खादा ओढाउनुका साथै कलम उपहार दिएर साहित्यिक सफलताको कामना गर्नुभयो।अनेसास नवोदितद्धारा आयोजित उक्त कार्यक्रममा अनेसास कतार, नवोदित कतार,सन्ध्या ग्रुप अलखोर कतार,खोटाङ सेवा समाज कतार,सुपर टिम अलखोर लगायत कतारमा रहेका साहित्यकार र साहित्यिक मनहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रमको संयोजन अनेसास कतारका महासचिव दिलीप पराजुलीले गरेका थिए ।