उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठपर्व

काठमाडौं। आजबाट आस्थाको महापर्व छठ विधिवत रुपमा सम्पन्न भएको छ। उदाउँदो सूर्यलाई गाईको दूध सहितको अर्घ्य दिएपछि छठपर्व सम्पन्न भएको हो।

छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा, भुसवा, किसानबाट उत्पादित अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी,उखु, सुन्तला, स्याउ, सुन्तला लगायतका फलफूल पनि चढाइएको छ।

छठ पर्वको व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइने र सन्तान सुख प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ। विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी, कुवा,ईनार तथा जलाशयहरु सिंगारिएको थियो।

कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ।