विश्व कप क्रिकेटः उपाधिका लागि आज भारत र अस्ट्रेलियाको रोचक भिडन्त

काठमाडौं। एकदिवसीय विश्व कप क्रिकेटको फाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन्। फाइनल खेल दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुँदैछ ।

भारतले न्युजिल्यान्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल यात्रा पूरा गरेका हुन्। आठ पटकसम्म फाइनल खेलेको अस्ट्रेलियाले अहिलेसम्म पाँच पटक विश्व कप जितेको छ ।

चार पटक फाइनल खेलेको भारतले दुई पटक मात्रै उपाधि जितेको छ। विश्व कपको फाइनलमा दुई देशबीच सन् २००३ मा मात्रै खेल भएको थियो। त्यो खेल अस्ट्रेलियाले जितेको थियो।

जारी विश्व कपमा भारत अहिलेसम्म अपराजित रहेको छ। अस्ट्रेलिया भने समूह चरणमा भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो।