काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको घरदैलो कार्यक्रम आजदेखी सुरु भएको छ। तिहार सकेर हिजो चितवन पुगेका सभापति लामिछानेले आजबाट घरदैलो कार्यक्रमका सुरु गर्न लागेका हुन्।
उनले आगामी सोमबारसम्म आफूले गरेका कामबारे मतदातालाई जानकारी गराउने छन्। हिजो साँझ सामाजिक सञ्जालमार्फत रविले घरदैलो कार्यक्रम चुनावमा मात्र नभएर निरन्तर हुनुपर्ने बताएका थिए।
निर्वाचनको एक वर्ष पूरा भएको अवसरमा रास्वपा आभार व्यक्त गर्न फेरि जनताको घरदैलोमा आएको उनले बताएका छन्। उनले आफूहरूलाई सुझाव दिन पनि आग्रह गरेका छन्। लामिछाने चितवन–२ बाट निर्वाचित जनप्रतिनिधी हुन्।