सरकारले भुकम्प प्रभावित क्षेत्रमा एनआरएनले गरेको कामको उच्च मूल्यांकन गर्छः रक्षामन्त्री खड्का

काठमाडौँ। उपप्रधान एबं रक्षामन्त्री पुर्णबहादुर खड्काले एनआरएनले भुकम्प प्रभावित क्षेत्रमा गरेको कामको सरकारले उच्च मूल्यांकन गर्ने बताएका छन्। जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार गएको भूकम्प पीडितलाई राहत वितरण गर्न पुगेको आरके शर्मा नेतृत्वको एनआरएनए टोलीसँगको भेटमा उपप्रधानमन्त्री खड्काले यस्तो बताएका हुन।

आगामी दिनमा विविध विषयमा सरकारले एनआरएनहरुसँग मिलेर काम गर्ने बताउँदै खड्काले विपदका बेला सहयोग गर्ने विदेशमा बस्ने सवै नेपालीहरु धन्यवादका पात्र भएको बताए।

भूकम्प पीडितलाई राहत वितरण गरेर फर्किने क्रममा सुर्खेतस्थित खड्काकै निवासमा भएको भेटमा शर्मासहित, निबर्तमान अध्यक्ष रविना थापा, महासचिव बुद्दीसागर सुवेदी,युरोप संयोजक चिन्तामनि सापकोटा, एनआरएन अभियन्ता ओम शर्मालगायत सहभागी रहेका थिए।

सो अवसरमा अध्यक्ष शर्माले एनआरएनएले भूकम्प प्रभावित क्षेत्रमा वितरण गरेको राहत सामग्रीको बारेमा जानकारी गराएका थिए। यसैगरी आगामी दिनमा पनि गैर आवासीय नेपालीहरुको ज्ञान र सीपका आधारमा भूकम्प पछिको पुननिर्माणमा पनि आफूहरुले सरकारसँग समन्व्य गरेर काम गर्ने प्रतिवद्धता जनाए।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दू भएर गत शुक्रबार गएको ६.४ म्याग्निच्युडको भूकम्पले मानवीय र भौतिक क्षति भएको छ। एनआरएनएको टोलीले रुकम पश्चिम र जाजरकोटमा राहत सामग्री वितरण गरेको शर्माले जानकारी दिए ।