काठमाडौं। एभरेस्ट लायन्स क्लबको आयोजनामा अमेरिकाको डालसमा कवि गोष्ठीसँगै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ। नेपाली आध्यात्मिक एवम् सांस्कृतिक केन्द्र युलिसमा शुभकामना आदानप्रदानसहित विशेष कवि गोष्ठी कार्यक्रमको आयोजना गरिएको थियो।
वार्षिक प्रतियोगितात्मक कवि गोष्ठीमा १० जना कविहरुले भाग लिएका सो क्लबका पूर्वअध्यक्ष शशि भट्टराईले जानकारी दिए।
गोष्ठीमा पहिलो, दोस्रो, तेस्रो हुनेहरू क्रमशः प्रकाश पाण्डेय, कृष्ण वाग्ले र पवन लामिछानेलाई प्रमाणपत्रसहित जनही ३००, २०० र १०० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिएको थियो। अरू सहभागी कविलाई प्रशंसापत्र प्रदान गरिएको थियो।