जाजरकोट भूकम्पः भुकम्प पीडितलाई सहयोग गर्ने शेष घलेको घोषणा

काठमाडौँ। गैर आवासीय नेपाली संघ(एनआरएनए)का पुर्व अध्यक्ष एबं प्रमुख संरक्षक तथा एमआइटी ग्रुप फाउण्डेशनका संस्थापक अध्यक्ष डा.शेष घलेले जाजरकोट तथा रुकुमका भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन्।

घलेले शनिबार एक विज्ञप्ति जारी गर्दै एमआइटी ग्रुप फाउण्डेशनले प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी क्षतिको आँकलन गर्ने जनाएका छन्। त्यसपछि कस्ता अल्पकालीन तथा दीर्घकालिन उद्धार,राहत तथा सहयोग कार्य गर्दा बढी प्रभावकारी तथा दिगो हुन्छ सोहीअनुसार स्थानीयहरुका प्राथमिकताका आधारमा राहत तथा उद्धार कार्यमा संलग्न हुने जनाएका छन्।

एमआईटी ग्रुप फाउण्डेशनले यस दुःखद घटनामा परि निधन भएका सम्पूर्ण प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। यस मानविय विपदको घडिमा सम्पूर्णमा सहयोग, सहकार्य र समन्वयको लागि समेत उनले समेत गरेका छन् । घलेले देशमा पर्ने यस्ता महामारीमा दिल खोलेर सहयोग गर्दै आउने गरेका छन।

यस्तो छ घलेले जारी गरेको विज्ञप्तीः