जाजरकोट भूकम्पः मृतकमध्ये १२० शव आफन्तले बुझे, ३७ शव बुझाउन बाँकी

काठमाडौं। जाजरकोट भूकम्पमा परी ज्यान गुमाएका १५७ जनामध्ये १२० जनाको शव आफन्तले बुझेका छन्। ३७ शव भने बुझाउन बाँकी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

भूकम्पमा परी जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने १०६ जना घाइते भएका छन्।त्यसैगरी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन्।

त्यसै गरी दैलेखमा ३ जना,जुम्लामा ३ जना,सल्यानमा २ जना,प्युठानमा ३ जना, बैतडीमा घाइते ३, रोल्पा र दाङमा एक एक जना गरी जम्मा २५४ जना घाइते भएका छन्।

भूकम्पका कारण भौतिक संरचनामा व्यापक क्षति भएको छ। सरकारले पीडितलाई लक्षित गरी विशेष राहत प्याकेजको घोषणा गर्ने तयारी गरिरहेको छ।