काठमाडौं। सशस्त्र प्रहरी अस्पतालको मेडिकल टिम जाजरकोटमा प्रस्थान गरेको छ। गएरातिको भूकम्पबाट घाइते भएकाहरूको उपचारका लागि डा रोशन पराजुलीको नेतृत्वमा मेडिकल टिम घटनास्थलतर्फ प्रस्थान गरेको हो।
सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले डा.पराजुलीको नेतृत्वमा ९ जनाको मेडिकल टिम सेनाको स्काइ ट्रक मार्फत घटनास्थल तर्फ लागेको जानकारी दिए।
जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको जाजरकोटमा मात्र संख्या ९२ पुगेको छ भने सयौं घाइते भएका डिएसपी सन्तोष रोकाले बताए।
भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ।




