इजरायल–लेबनान सीमाको द्वन्द्वमा परी नेपाली शान्ति सैनिक घाइते

काठमाडौं। इजरायल–लेबनान सीमामा खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन्।इजरायल प्रतिरक्षा फौज(आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीचको द्वन्द्वका क्रममा एकजना नेपाली शान्ति सैनिक घाइते भएका हुन्।

नेपाली सेनाले दिएको जानकारीअनुसार इजरायल–लेबनान सीमाक्षेत्रमा दुई पक्षबीचको आक्रमणका क्रममा उनलाई चोट लागेको हो।उनको परिचय भने खुलाइएको छैन।

नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले गएराती अर्थात अक्टोबर २८ मा स्थानीय समयअनुसार राती १० बजेर २० मिनेट उनी आक्रमणमा परेका हुन्। दुई पक्षबीचको आक्रमणका क्रममा प्रहार गरिएको सम्भावित ‘मोर्टार सेल’को ‘चोइटा’ले उनलाई चोट लागेको हो।

उनका अनुसार लेबनानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको गणमा सबै शान्ति सैनिक बंकरभित्र लुकेर बसेकै समयमा मोर्टार सेलको‘चोइटा’खसेको थियो।उद्यपी अन्य सैनिक भने सुरक्षीत रहेका छन्। घाइते सैनिक त्यहीँको अस्पतालमा उपचाररत रहेका छन्।