काठमाडौं। श्रीलंकामा अध्ययनरत नेपाली बौद्ध भिक्षुको एवं विद्यार्थी सोरत धम्मको निधन भएको छ। दाङ राप्ति गाउँपालिका देउखुरीका २२ वर्षिय सोरतको निधन भएको चारुमति बुद्ध बिहारले जनाएको छ।
गृहस्थ नाम आशकुमार चौधरी भएका उनको पार्थिवशरिर भने शनिबार नेपाल आइपुग्ने जनाइएको छ। विहार, धर्मपालराम विहार, गल्किस्स, कोलोम्बो र श्रीलंका स्थित नेपाली दुतावासको पहलमा उनको पार्थिव शरिर नेपाल ल्याउन लागिएको हो।
भिक्षु सोरत श्री जयवर्धनेपुरा विश्वविद्यालयमा बौद्ध धर्म र आइटीमा स्नातकोतर तहमा अध्ययनरत थिए।उनको शनिबार नै पशुपति विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने विहारले जनाएको छ। उनको केही दिन अगाडि नै निमोनियाका कारण मृत्यु भएको बताइएको छ।