काठमाडौं। बझाङ केन्द्रविन्दु बनाएर गएराति भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गएराति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४.६ रेक्टरस्केलको ले जनाएको छ ।
भूकम्प धक्का बझाङका साथै सुदूरपश्चिमका अन्य जिल्ला बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महशुस गरिएको छ। लगातार भूकम्प जान थालेपछि यो प्रदेशका बासिन्दा त्रसित बनेका छन्।