इजरायलबाट १९ जना नेपाली दिल्ली आइपुगे

काठमाडौं।इजरायलबाट उद्धार गरिएका १९ जना नेपाली दिल्ली आइपुगेका छन्। नेपाली दूतावासको समन्वयमा ४ जना विद्यार्थीसहित १९ जना भारतको स्पाइस जेटमार्फत दिल्ली आइपुगेका हुन्।

उनीहरूमध्ये केहीलाई बसबाट महेन्द्रनगर हुँदै घर जाने व्यवस्था गरिएको छ,भने केहीलाई प्लेनमार्फत काठमाडौं ल्याउने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसअघि ४ जना विद्यार्थी निकै टाढा भएका कारण उद्धारको क्रममा छुटेका थिए। सरकारले शव ल्याउने प्रयास पनि भइरहेको जनाएको छ। अहिलेसम्म ५ जनाको शव इजरायल सरकारले नेपाली दूतावासलाई बुझाइसकेको छ।