एनआरएनए अध्यक्ष कुल आचार्यलाई पहिलो गैरआवासीय नागरिकता

काठमाडौँ। गैरआवासीय नेपाली नागरिकता वितरणको आज शुभारम्भ हुँदै छ । पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रदान गर्ने कार्यक्रम तय भएको छ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा नागरिकता वितरणको शुभारम्भ गर्दै हुनुहुन्छ। प्रधानमन्त्री प्रचण्डले पहिलो गैर आवासिय नेपाली नागरिकता अध्यक्ष आचार्यलाई प्रदान गर्ने कार्यक्रम तय गरिएको हो ।

अध्यक्ष आचार्यले सामाजिक सञ्जालमार्फत पहिलो गैरआवासीय नागरिकता आफूलाई प्रदान गर्न लागेकोमा आभार व्यक्त गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, “एकपटकको नेपाली, सधैंको नेपाली” भन्ने भावनालाई मूल मन्त्र मानेर दुई दशकदेखि संघर्ष गर्दै आएको प्रतिफलस्वरूप नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान स्थापित गर्न सफल भएका थियौं । यो हामी सम्पूर्ण गैरआवसीय नेपाली समुदायका लागि गौरव, हर्ष र सफलताको क्षण हो । संविधानको यही प्रावधानअनुसार अहिले बिहान ७ः०० बजे सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई पहिलो गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गर्दै हुनुहुन्छ र मैले ग्रहण गर्दै छु । यो क्षण हामी सम्पूर्ण गैरआवासीय नेपाली समुदायका लागि हर्ष र गौरवको क्षण हो ।