चितवन सेवा समाजको पाँचौं विश्व सम्मेलनको उद्घाटन गृहमन्त्रीले गर्ने

काठमाडौं।चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालको पाँचौ विश्व सम्मेलन तथा १० औं साधारण सभाको उद्घाटन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्ने भएका छन्।असोज २७ गते शनिवार भरतपुरमा हुन गईरहेको सम्मेलनलाई उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले उद्घाटन गर्ने समितिका केन्द्रीय अध्यक्ष समिर खत्रीले जानकारी दिए।

उक्त सम्मेलनबाट चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिले गरेका सामाजिक कार्यहरु बढाउँदै जाने,विदेशमा छरिएर रहेका नेपालीलाई सँस्थामा थप गोलबन्द गर्दै जाने,उनीहरुका ज्ञान र सीपलाई नेपालको विकासमा प्रयोग गर्ने लक्ष्य रहेको अध्यक्ष खत्रीले बताए।

चितवनको विकास र सामाजिक भावना,समाजको एकता र समृद्धिको चाहना भन्ने मूल नाराकासाथ २०६९ सालमा स्थापना भएको संस्थाले शैक्षिक विकास, गरिबी निवारण,प्राकृतिक विपत्तिमा मानवीय सहयोग,चेतना विस्तार लगायतका क्षेत्रमा धेरै काम गर्दै आइरहेको संस्थाका प्रेस संयोजक रविलाल भट्टद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

विश्वभरी रहेका चितवनेहरुलाई एकजुट बनाउन सँस्था लागेको र अबको २ वर्ष भित्रमा सस्थांले आफ्नै भवन पनि निर्माण गर्ने उदेश्य लिएको अध्यक्ष खत्रीले बताए। उक्त कार्यक्रममा चितवनको विकास,वैदेशिक रोजगारका समस्या र समाधान,बिश्वमा रहेका चितवनवासीहरुको एकताको वारेमा चर्चा हुने छ।

यो समाज विश्वका दर्जनौ देशमा संचालनमा रहेको छ भने समाजले चितवनेको लागी धेरै उत्कृस्ट काम पनि गर्दै आइरहेको विज्ञप्तिमा जनाइएको छ। पाँचौ विश्व सम्मेलन तथा साधारण सभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।