काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)को ११ औँ महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार गणेश केसीले चुनावी अभियान तिब्र पारेका छन्। चुनावी अभियानस्वरुप विश्व दौडाहामा रहेका केसी यतिबेला प्रचारप्रसारसंगै एनआरएनए पदाधिकारीहरुसंग भेटघाटका लागी लण्डन पुगेका छन्।
आफ्नो पक्षमा समर्थन जुटाउने अभियानसहित विश्व दौडाहा सुरु गरेका केसी हङकङबाट चुनावी अभियान यात्रा सुरु गरी बेलायत पुगेका हुन्। केसीलाई बेलायतमा बौद्धिक ब्यक्तित्व, सफल व्यवसायी साथै समाजसेवी केसीलाई लण्डनमा गैरआवासीय नेपाली संघ(एनआरएनए)युके अध्यक्ष हितकाजी गुरुङ, सह–कोषाध्यक्ष हेम कुमार गुरुङ,एनआरएनए पूर्व सल्लाहकार विश्वआदर्श पन्डित लगायतले भव्य स्वागत गरेका थिए।
बेलायत रहँदा एनआरएनए प्रतिनिधिहरुसंग भेटघाट, छलफल तथा अन्तरक्रियामा सहभागी हुनेछन्।सोही कार्यक्रममा आफ्ना चुनावी एजेण्डा सबैसंग प्रस्तुत गर्ने र मतदानका लागि समेत आह्वान गर्ने उनको कार्यतालिका छ। केसी अभियानकै क्रममा अक्टोबर ८ तारिख नेदरल्याण्ड,अक्टोबर ९ तारिख बेल्जियम, अक्टोबर १० तारिख डेनमार्क, अक्टोबर ११ तारिखमा पोर्चुगल र अक्टोबर १२ तारिखमा दुबई जाने कार्यक्रम छ।
एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा हाल आइसिसीका उपमहासचिव केसी एनआरएनए अभियानमा सन् २००५ देखि निरन्तर सक्रिय छन्।उनी एनआरएनए स्कील तथा भोकेशनल एजुकेसन कमिटीका संयोजक पनि हुन्। केसीले चुनावी अभियानस्वरुप विश्व दौडाहामा रहँदा अहिलेसम्म सकारात्मक प्रतिक्रिया पाएको बताए।