नेपालमा स्वचालित मार्गबाट ५० करोड रुपैयाँसम्म विदेशी लगानी ल्याउन खुल्यो बाटो

काठमाडौं। नेपालमा स्वचालित मार्ग (अटोमेटिक रुट)बाट ५० करोड रुपैयाँसम्म विदेशी लगानी ल्याउन बाटो खुलेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन,२०७५ राजपत्रमा प्रकाशित गरेर १० करोड रुपैयाँको सीमा बढाएर ५० करोड रुपैयाँ पुर्‍याएको हो।
त्यसैगरी सूचना प्रविधिमा आधारित उद्योगमा स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृतिका लागि न्युनतम सीमा लागू नहुने व्यवस्था गरिएको छ।

यस अघि यस्ता प्रकृतिका सबै उद्योगहरुको सीमा २ करोड रुपैयाँ थियो। ७ प्रकारका उद्योगहरु स्वचालित मार्गबाट विदेशी लगानी ल्याउन पाउनेछन्।
उद्योग विभागका अनुसार अहिले स्वचालित मार्गका लागि सिस्टम बनाउने काम भइरहेको छ। उक्त सिस्टम तयार भएपछि कार्यान्वयनमा आउनेछ।
यसले विदेशी लगानी ल्याउन लागि महत्वपूर्ण भूमिका खेल्ने विभागका अधिकारीहरुको दाबी छ।

स्वचालित रुपमा लगानी स्वीकृत हुने क्षेत्रहरु :

ऊर्जामूलक उद्योग

– वायु, शक्ति, बायोमास वा अन्य स्रोतहरुबाट ऊर्जा उत्पादन गर्ने उद्योग, त्यस्तो ऊर्जा उत्पादन गर्न प्रयोग गरिने मेसिन वा उपकरण निर्माण

– बायोग्याँसमा आधारित ऊर्जा

– चिनी उद्योगको सहउत्पादनको रुपमा उत्पादन हुने ऊर्जा

– ऊर्जाको सम्भाव्यता अध्ययन

कृषि तथा वन पैदावरमा आधारित उद्योग

– फलफूल तथा तरकारी प्रशोधन

– हरित गृह (ग्रीन हाउस) स्थापना र सञ्चालन

– रेसम प्रशोधन

– चिया तथा कफी प्रशोधन

– जडीबुटी प्रशोधन

– रबर प्रशोधन

– शीत भण्डारण (स्थानीय फलफूल तथा तरकारी भण्डारण गर्ने)

– प्राकृतिक रेसाजन्य प्रशोधन

– कागज, रेजिन लगायतका अन्य गैर काष्ठजन्य वन पैदावरमा आधारित

– नयाँ प्रविधिद्धारा विरुवा उत्पादन गर्ने (टिस्युकल्चरलगायत)
– कपास प्रशोधन

पूर्वाधार उद्योग

– सवारी पार्किङ गृह

– निर्यातजन्य वस्तुको प्रशोधन क्षेत्र

– प्रदुषित पानी प्रशोधन उद्योग (वेष्ट वाटर ट्रिटमेन्ट प्लाण्ट)

– फिल्म सिटी निर्माण/फिल्म स्टुडियो निर्माण

-वेयर हाउस निर्माण

पर्यटन उद्योग

– मोटेल, होटेल, रिसोर्ट,बार तथा रेष्टुराँ

– मनोरञ्जन पार्क, वाटर पार्क

– सभा सम्मेलन तथा खेलकुद पर्यटन

सूचना प्रविधिमा आधारित उद्योग

– टेक्नोलोजी पार्क आइटी पार्क

– बायोटेक पार्क

– सफ्टवेयर विकास

– तथ्यांक प्रशोधन

– डिजिटल म्यापिङ

– बिजिनेस प्रोसस आउटसोर्सिङ (बिपिओ), नलेज प्रोसेस आउट सोर्सिङ (केपिओ)

– डाटा सेन्टर, डाटा माइनिङ, क्लाउड कम्प्युटिङ वेब पोर्टल, वेब डिजाइन सेवा

सेवामूलक उद्योग

– यान्त्रिक कार्यशाला (वर्क शप)

– निर्माण व्यवसाय

– अस्पताल

– नर्सिङ होम, पोलिक्लिनिक, पुन:स्थापन गएह सञ्चालन, फिजियोथेरापी क्लिनिक, आयुर्वेद तथा अन्य वैकल्पिक अस्पताल

– खेलकुद सेवा, स्वीमिङ पुल

– फोहोरमैला संकलन तथा सरसफाई, फोहोरमैला पुन:प्रशोधन

– पशु चिकित्सा सेवा

– स्वास्थ्य परीक्षण (एक्सरे, सिटी स्क्यान, एमआरआई, अल्ट्रा साउण्ड जस्ता सेवाहरु तथा स्वास्थ्य परीक्षण प्रयोगशाला)

– अन्तर्राष्ट्रिय कुरियर सेवा

उत्पादनमुलक उद्योग

– पशुपन्छी तथा माछाको दाना उत्पादन

– स्टार्च, ग्लुकोज आदि उत्पादन

– बेकरीका वस्तुहरु उत्पादन

– पशुपन्छी तथा मन्त्यजन्य मासु प्रशोधन तथा प्याकेजिङ

– आधारभूत कच्चा पदार्थबाट तेल बोसो आदि उत्पादन

– कन्फेक्सनरी तथा बिस्कुट उत्पादन

– चिनी उत्पादन

– पेय पदार्थ उत्पादन (गैर मदिरा)

– टेक्सटाइल, गार्मेन्ट तथा कपडा बनाउने र पुन:प्रयोग गरी बनाउने

– इलेक्ट्रोनिक घरायसी उपकरणहरुको उत्पादन प्लाष्टिक तथा रबरको प्रयोग गरी वस्तुहरुको उत्पादन झोला, थैलो सुटकेस, ट्रली ब्याग तथा यस्तै सामान बोक्ने अन्य झोलाको उत्पादन

– परम्परागत तथा सांस्कृति कलामा आधारित वस्तु बाहेक काठका सामाग्री बनाउने

– टुथपेस्ट, साबुन तथा स्याम्पु जस्तो टोइलेट्रिस सामाग्रीको उत्पादन

– काँचको प्रयोग गरी वस्तुहरुको उत्पादन

– साइकल, स्कुटर, मोटरसाइकल तथा मोटरगाडी बनाउनेय र यसमा प्रयोग हुने उपकरण बनाउने

-बिजुलीको बत्ति, स्वीच, मिटर,मिटर फ्युज, वायरिङको तार, कम्प्रेसर तथा यस्तै अन्य वस्तु बनाउने

– मेडिकल, सर्जिकल, अर्थोपेडिक कार्यामा प्रयोग हुनजे सामान बनाउने

– विद्युतीय तार उत्पादन