चेक गणतन्त्रको प्रागमा चौथो एनआरएनए स्पोर्ट लिग सम्पन्न (यी खेलाडीले जिते ट्रफी)

काठमाडौं। चेक गणतन्त्रको प्रागमा चौथो एनआरएनए स्पोर्ट लिग सम्पन्न भएको छ।गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय समिती,चेक गणतन्त्र (एनआरएन चेक गणतन्त्र)द्वारा आयोजित उक्त प्रतियोगितामा विभिन्न विधाका खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो।

गैरआवासीय नेपाली संघ एनआरएनएको आसन्न ११ औं महाधिवेशनका लागी अध्यक्ष पदका उमेदवार राजेन्द्रकुमार(आरके शर्मा)को प्रमुख आतिथ्यता रहेको उक्त लिगमा भलिबल, फुटबल र व्याडमिन्टन विधाका खेलहरु शनिबार सम्पन्न गरिएको हो।

लिगको फुटबल प्रतियोगितातर्फ फ्रेन्डस् एफसी कदन रेडले प्रथम पुरस्कार हात पारेको छ,भने एनआरएन प्रहा एले द्वितिय पुरस्कार हात पार्दा फ्रेन्डस् एफसी कदन ओरेन्जले तुतिय पुरस्कार हात पारेको छ।यस्तै भलिबल प्रतियोगितातर्फ भने स्योगुम्नी क्लव क्लाटोभी विजेता बनेको छ भने रेडद ब्लड भलिबल क्लव ब्रनो उपविजेता बनेको छ।

यस्तै व्याडमिन्टनतर्फ कविता अर्याल र पुष्पा भण्डारीको समुह व्रनो वी प्रथम हुँदा ममता थापा मगर मधु गिरीको समुह टिम मम दोश्रो हुन सफल भएका छन्। त्यसैगरी महिला भलिबलमा एभरेस्ट महिला भलिबल टिमबाट खेलाडीहरुले सहभागीता जनाएका थिए।

प्रतियोगितामा संस्थाका अध्यक्ष बैकुण्ठ रायमाझी को अध्यक्षता, एनआरएनए आसीसी सदस्य उत्तम कुमार आचार्य,निबर्तमान तथा पूर्व अध्यक्षहरु यदुराम पन्थी, छत्रबहादुर अधिकारी तथा जितेन्द्र रायमाझीको बिशेष आतिथ्यता रहेको थियो। विजेता खेलाडीहरुलाई आतिथीहरुबाट ट्रफी,मेडलसहित पुरस्कार प्रदान गरिएको थियो ।