पुर्वअध्यक्षहरु जिवा लामीछाने र कुमार पन्तलाइ साक्षी राखेर जर्मनीबाट कृष्णजीविको युरोप टुर

आइसीसी सचिवका उम्मेदवार कृष्णजीवि पन्तले युरोपव्यापी चुनाबी अभियानको औपचारिक शुरुवात गरेका छन् । जर्मनीको फ्रयांकफर्टमा शनिवार आयोजित कार्यक्रममा पुर्वअध्यक्षहरु जिबा लामीछाने र कुमार पन्तको उपस्थितिमा उनले मिट एण्ड ग्रिट सम्पन्न गरे । स्थानिय होचेष्टर होटलमा आयोजित कार्यक्रममा पुर्वअध्यक्ष लामीछानेले नयाँपुस्ताका अभियन्ताहरुले यो अभियानलाइ थप उचाइमा लैजाने विश्वास व्यक्त गर्नुभएको थियो । “कृष्णजिवि जस्ता नयाँ र जोसीला युवालाइ मेरो समर्थन छ, वहाँहरुको उर्जाले यो अभियानलाइ थप उचाइमा लैजान सहयोग पुग्नेछ,” वहाँले भन्नुभयो । अर्का पुर्वअध्यक्ष कुमार पन्तले विगतको विवाद अव साम्य भएको बताउदै नयाँ अधिवेशनबाट नयाँ उर्जावान साथीहरु आउने विश्वास व्यक्त गर्नुभयो । दुवै पुर्वअध्यक्षहरुले आफ्नो अभियानलाइ सहयोग गर्ने बचन पाएको छु, कृष्णजीविले भने । उनले गैर आवसीय नागरिकता प्राप्त भैसकेको वर्तमान अवस्थामा एनआरएनएको कार्यभार फेरिएको बताउदै अव समुन्नत नेपालको यात्रामा सहयात्री हुनुपर्न बिचार व्यक्त गरे । “हामीले नेपालको आर्थिक समृदिमा हातमाले गर्नुपर्छ,” उनले भने ।

पन्थले नागरिकताको निरन्तरता, समुहिक लगानी, ठुला पुर्वाधार निर्माणमा सहकार्य र सबै पन्जिकृत सदस्यहरुलाइ आइसीसी निर्वाचनमा मताधिकार लगायतका एजेन्डा बोकेर चुनाबमा होमिएका छन् ।

यूरोप यात्राको पहिलो कार्यक्रम जर्मनीमा सम्पन्न गरेका पन्थलाइ स्थानिय एनआरएन अगुवाहरुले शुभकामना दिएका थिए । “म धेरै उत्साहित भएको छु, जर्मनीमा मैले धेरै माया पाएँ,” उनले भने । साताव्यापी यूरोप यात्राको क्रममा पन्थ बेल्जियम, इटाली, स्पेन र पोर्चुगल लगायतका देशहरुमा भेटघाट तथा छलफल कार्यक्रममा सहभागी हुनेछन् ।
एनआरएनए अभियानमा एक निष्कलंक छवि निर्माण गरेका पन्थ यस अधि एनआरएनए एनसीसी अमेरिकामा उपाध्यक्ष र बरिष्ठ उपाध्यक्षको जिम्मेवारि सम्हालिसकेका व्यक्ति हुन् । एक एनसीसी एक परियोजनाका संयोजक रहेका पन्थले नेपालको दुर्गम रोल्पामा प्रसुतीगृह निर्माणमा महत्वपुर्ण भूमीका खेलेका थिए । नेपालको तनहुँ जिल्लामा जन्मि हुर्किएका उनि हाल अमेरिकाको बाल्टिोमोरमा बिभिन्न व्यवसायमा सक्रिय छन् ।