बाँकेमा बस दुर्घटनाः ७ जनाको मृत्यु, ३० घाइते

काठमाडौं। बाँकेको कोहलपुरमा बस दुर्घटनामा परेको छ। दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। कोहलपुरको शमशेरगञ्जमा गएराति ९ बजे भएको दाङबाट बर्दियातर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, वडा नं ७ का ६५ वर्षीय चानुराम थारु, वडा नं ८ का ४५ वर्षीय जुगबहादुर चन्द र नामथर नखुलेका गाडीस्टाफ ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएको थियो। बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन्। घाइतेमध्ये एक दर्जनको अवस्था गम्भिर रहेको बताइएको छ । घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ता बस रिसर्ज गरेर दाङको थारु संग्रहालय भ्रमण गरी फर्किने क्रममा राप्ति सोनारी गाउँपालिका–८ को जंगल क्षेत्रमा दुर्घटना भएको हो ।