काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साह सरकार प्रति आक्रोशित बनेका छन् । आज मेयर शाह आक्रोशित बन्दै सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिएका छन् ।
उनले सामाजिक सञ्जाल
फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् ।
उनले लेखेका छन्, ‘आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।’
महानगरको गाडी सरकारले रोकेकोमा उनको आपत्ति छ ।