फेरी उर्लियो एनआरएनए अमेरिकाको विवाद, दुईवटा डेलिगेट सूची बालुवाटार पुगे, नेतृत्वमाथी प्रश्नैप्रश्न..

काठमाडौं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्(एनआरएनए एनसीसी)अमेरिकामा पुनहः विवाद उब्जिएको छ।आगामी अक्टोबरमा हुने ११ औं महाधिवेशनका लागी छनौट गरिएका आईसीसी प्रतिनिधि (डेलिगेट)को विषयलाई लिएर विवाद चुलिएको हो।

डेलिगेट छनौट समिति,एनआरएनए अमेरिका कार्यसमितिभित्र कुनै छलफल विना प्रकृया मिचेर एकलौटि तरिकाले हचुवाका भरमा डेलिगेटको नाम पठाएपछि विवाद उब्जिएको हो। छलफल नै नगरि एकलौटी प्रतिनिधी छनोट गरेपछी समानान्तर गतिबिधी नै सुरु भएको छ।

फलस्वरुप आईसीसीमा अमेरिकावाट डेलिगेटको समानान्तर रुपमा दुईवटा सूची एनआरएनएको केन्द्रीय कार्यालय बालुवाटार पुगेको छ। एउटा सूची डेलिगेट छनौट समितिले पठाएको छ भने अर्को सूची अध्यक्ष डा.अर्जुन बञ्जाडे र महासचिव रामहरी अधिकारीले हस्ताक्षर गरेर पठाएका छन्।

एनसीसी अमेरिका कार्यसमितिले डेलिगेटको सूची तयार गर्न वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीको संयोजकत्वमा कमिटी बनाएको थियो। तर,यो कमिटीलाई वेवास्ता गर्दै अध्यक्ष र महासचिवले अर्को सूची पठाएका हुन् ।

अघिल्लोपटक पनि अमेरिकाकै यस्तै विवादले एनआरएनए विभाजित भएर दुईवटा बनेको हो अहिले गर्न लागिएको एकता महाधिवेशन बाट विवाद समाधान गर्न खोजिएकोमा एनसिसि अमेरिकाले फेरी विवाद निकाले पछी वर्तमान नेतृत्वमाथी प्रश्न उठेको छ। दुईवर्ष अघिको महाधिवेशनमा पनि अमेरिकाबाटै पठाएको डेलिगेट सूचीकावारेमा विवाद भएर निर्वाचन नै हुन नसकेर फुटमा परिणत भएको थियो।अमेरिकाले यो इतिहास पुन दोहोराएको छ।

यता,आईसीसीका एक वरिष्ठ अधिकारीले पनि अमेरिकावाट डेलिगेटका लागि भन्दै दुईवटा सूची आएको पुष्टि गरेका छन्। एनआरएनए अमेरिका कार्यसमितिको निर्णय अनुसार गठन भएको डेलिगेट समितिका संयोजक विकास उप्रेतीले अमेरिकावाट जाने प्रतिनिधि डेलिगेटको नामका लागि कार्यसमितिमा छलफल नभएको वताएका छन्।अध्यक्ष र महासचिवले पठाएको डेलिगेटको सूची असन्तुलित र आफ्ना मान्छेलाई हेरेर चुनाव केन्द्रित राखिएको आरोप लागेको छ। डेलिगेट सूचीमा २२० जनाको नाम परेको छ। डेलिगेट सदस्यले निर्वाचनमा मत हाल्न पाउछन् ।

डा.बञ्जाडे नेतृत्वको नयाँ कार्य समितिले जिम्मेवारी सम्हालेपछि एकपछि अर्को विवाद आईरहेको छ।प्रवक्तादेखि सल्लाहकार मनोनयन गर्दासमेत अध्यक्ष बञ्जाडे विवादमा तानिएका थिए।