अन्ततः सीआईबीले लियो पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग यस्तो बयान..

काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा बाबुराम भट्टराईसँग पनि बयान लिएको छ।

एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहनु भएका पूर्वप्रधानमन्त्री भट्टराईसँग आइतबार राति बयान लिइएको हो। नेपाल र भट्टराइसँग बयान नलिइएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो।

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईसँग बयान लिने क्रम शुरु भएकाले सीआइबीले ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन तत्काल सरकारी वकिलको कार्यालयनमा नबुझाउने भएको छ।

आइतबार सीआइबीले नेपाल र भट्टराइसँग बयान नलिई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको थियो। तर नेपाल र भट्टराइसँग बयान लिने भएपछि प्रतिवेदन बुझाउने काम ढिला हुने भएको हो।

काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गराउने मुख्य व्यक्तिसम्मै अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो।त्यसपछि पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सीआईबीले बयान लिने बाटो खुलेको थियो।