जनप्रगतिशिल मंच अमेरिकाको अधिवेशन सम्पन्न, अध्यक्षमा पौडेल

जनप्रगतिशिल मंच अमेरिकाको शनिवार सम्पन्न राष्ट्रिय अधिवेशनले काशिनाथ पौडेलको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति गठन गरेको छ ।
बिना तामझाम, टेक्सासको अष्टिनमा सम्पन्न भेलामा अमेरिकामा रहेका जनप्रगतिशिल मंच आबद्ध नेता, कार्यकर्ता र प्रतिनिधिहरुको सहभागिता थियो । अध्यक्षको लागी आकांक्षीहरु धेरै देखीएता पनि नेतृत्व तथा पुर्वपदाधिकारिहरु बिचको गहन सम्बादले सर्वसम्मत नेतृत्व चयन सफल भएको सम्मेलन संयोजक तिलक केसीले जानकारि दिनुभयो ।

समितिका अन्य पदाधिकारिहरुमा उपाध्यक्ष शिवलाल पुरी, महासचिव निर्मल पाण्डे, सचिव प्रदिप चौलागाइ, कोषाध्यक्ष बिमल पछाइ रहेका छन् । त्यस्तै सदस्यहरुमा बिनोद कूइकेल, पियुष घिमिरे, राजु गुरुंग, एओन राइ, सुरेश केसी, पवन ओली, देव शर्मा, बिष्णु कार्की रहेका छन् ।

बाकी सदस्यहरु कार्यसमितिले पछि मनोनयन गर्नेछ । जनप्रगतिशिल मंचले सम्मेलन सफल पार्नका लागी तिलक केसी संयोजक र मधुसागर पौडेल सहसंयोजक रहेको एक समिति बनाएको थियो । सम्मेलनमा प्रवास समन्वय समितका अध्यक्ष ओम शर्माले नवनिर्वाचित कार्यसमितिलाइ बधाइ तथा शुभकामना प्रदान गर्दै संगठन विस्तारमा खटिन आग्रह गर्नुभयो । अधिवेशनका लागी नेपालबाट आएका शर्मा पत्रकारिता र राजनीतिमा लामो समयदेखी सक्रिय छन् । कार्यक्रममा प्रवस समन्वय समिति सचिव टिबि पाठक, अमेरिकाज क्षेत्रिय सचिव प्रकास अधिकारी र केन्द्रिय सदस्य नारायण कंडेलले आफ्ना बिचारहरु राख्नु भएको थियो । जनप्रगतिशिल मंचले अमेरिकामा गैरनाफामूलक समाजिक संस्थाको रुपमा काम गर्दै आएको छ ।