एनआरएनए आइसिसि युवा संयोजक बासिदद्वारा युवा उपाध्यक्षमा उम्मेदवारीको घोषणा

काठमाडौँ। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए आइसिसि)का युवा संयोजक अब्दुल बासिदले युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।एनआरएनएमा युवापुस्ताका मुद्धालाई स्थापित गर्ने,दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्ने, विदेशमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउने लगाएतका प्रतिबद्धता लिएर बासिदले युवा उपाध्यक्ष पदमा उमेदवारी दिएका हुन्।

बासिदले एनआरएनएभित्र युवाहरुलाई पद बाँडिएको तर अहिलेसम्म काम गर्ने अवसर र जिम्मेवारी केही नदिइएकोले अव युवाहरुका लागि उदाहरणीय काम हुटहुटी बोकेर युवा उपाध्यक्षमा उम्मेदवारी दिएको बताएका छन्।युवालाई स्वदेशमा नै उद्यमशिल बन्न सिकाएर उदाहरणीय बनेका बासिदले अहिलेसम्म एनआरएनएका विभिन्न पदमा रहेर काम गरिसकेका छन्।

वर्तमान कार्यसमितिमा रहँदा स्वदेश तथा विदेशमा रहेका युवाहरुको अवस्था बुझ्न पाएको र अहिलेसम्म संघका विभिन्न पदमा रही काम गर्दा प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र अनुरोधले पनि उम्मेदवारी दिने निर्णय लिएको पनि बताएका छन्। उनले आफू यस अभियानमा केही लिन नभई दिन आएको जनाउदै आँफूसंग गैरआवासीय युवाहरुका लागी धेरै काम गर्ने योजनाहरु रहेको बताए।

बासिद भन्छन्–‘आगामी कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छा अनुसार मैले एनआरएनए आइसीसी युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ। यस अभियानमा साथ र समर्थन दिन बिश्वभर रहेका गैर आवासीय नेपालीहरु र अभियन्ताहरुलाई आग्रह गर्दछु।

उनले आफ्नो योजना र पर्तिबद्दताहरु छिट्टै सार्वजनीक गर्ने जनाउदै आफु बोलिमा भन्दा काममा विश्वाश गर्ने मान्छे भएकाले काम गर्ने अवसर दिन सबै गैर आवासीय नेपालीहरुलाई अनुरोध गरे ।यस्तै एनआरएनएमा युवाको बृहत सहभागिता, संस्थाको दीगो सफलता, श्रमको सम्मानसहित विदेशको सीप, पुँजी र ज्ञान नेपाल भित्र्याउने तथा समृद्ध नेपाल निर्माणमा एनआरएनएको सहभागिता बासिदका मुख्य मुद्दा रहेका छन ।

विगत लामो समयदेखि कतारलाई कर्मथलो बनाएर सफ व्यवसायीको पहिचान बनाएका बासिदले एनआरएनएमा युवा संयोजक हुँदा ब्रिटिश कम्पनी ‘बेलाको’ होम अप्लाइन्सलाई नेपालमा भित्राएर सयौं नेपालीलाई स्वदेशमै रोजगारी दिएका छन । पछिल्लो समय कर्मथलो कतार, युके र नेपालमा ब्यावसाय गरिरहेका बासिद विदेशमा रहेका हरेक नेपालीहरुको लगानी स्वदेशमा भित्र्याएर उद्यमशिल बन्न सबै गैर आवासीय नेपालीलाई आग्रह गर्छन ।